नियम ३७
प्रतिलिपि दिने
(१) यस नियमावली बमोजिम दिइएको प्रमाणपत्र वा बिमा अभिकर्ता सर्भेयर वा दलालको इजाजतपत्र हराएमा, च्यातिएमा, कुनै कारणले नासिएमा वा नवीकरण गर्ने ठाउँ नभई अर्को लिनुपर्ने भएमा सो कुरा खुलाई सम्बन्धित बिमक वा बिमा अभिकर्ता सर्भेयर वा दलालले त्यस्तो प्रमाणपत्र वा इजाजतपत्रको प्रतिलिपिको लागि लाग्ने दस्तूर एक सय रुपैयाँ संलग्न राखी अनुसूची–१६ बमोजिमको ढाँचामा समितिको कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रतिलिपिको लागि निवेदन प्राप्त भएमा समितिले सम्बन्धित निवेदकलाई त्यस्तो प्रमाणपत्र वा इजाजतपत्रको प्रतिलिपि दिनु पर्नेछ ।